arrow

गभर्नरको राजीनामा माग्दै विद्यार्थीले गरे बालुवाटारमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
balwatar-gov.jpg

काठमाडौं । सत्ता साझेदार तीन दलका विद्यार्थी सङ्गठनले बालुवाटारमा प्रदर्शन गरेका छन् ।  

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका हुन् । 

नेपाल राष्ट्र बैङ्कको गेट नजिक जम्मा भएका विद्यार्थी सङ्गठनले कालो ब्यानर राखेर विरोध जनाएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना भइरहेको छ । 

दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिलले घेराउ र विरोध प्रदर्शन गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ