arrow

नेपालमा लगानी गर्नुपर्छ : चन्द्र प्रसाद ढकाल

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
chandra-dhakal-fncci-election.jpg
काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिका स्थित न्यू जर्सीमा गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरेका छन् ।
 
 उक्त उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा  लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन् ।  सबै राजनीतिक दल र सरकारले  देशको आर्थिक विकासमा प्रतिवद्वता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने उनले धारणा राखे । 
 
नेपाल उधोग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय तथा गैर आवासीय नेपाली लगानी प्रवर्द्धन समितिका सभापति समेत रहेका ढकालले आफुले गैर आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको र नेपालको नीजि क्षेत्र गैर आवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास  गर्न तयार रहेको बताए । 
 
अगष्ट २७ र २८ गरी दुई दिन चल्ने उक्त सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, उधोगपति एवं एनआरएन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ