arrow
ADVERTISEMENT

भारतीय नौसेनाको सबैभन्दा ठूलो विमान बोक्ने पोतमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
ins-vikramaditya.jpg

काठमाडौं । भारतीय नौसेनाको सबैभन्दा ठूलो विमान बोक्ने पोतमा आगलागी भएको छ । नौसेनाको विमानवाहक पोत आईएनएस विक्रमादित्यमा बुधबार आगलागी भएको भारतीय नौसेनाले एक विज्ञप्ति द्वार पुष्टि गरेको छ । 

आईएनएस विक्रमादित्यलाई २०१३ मा भारतीय नौसेनामा सामेल गरिएको थियो । यो कीभ श्रेणीको विमानवाहक पोत हो ।

विक्रमादित्य दक्षिण भारतको पश्चिमी तटमा अवस्थित कर्नाटकको कारवार सहर नजिक सञ्चालनमा छ।

पोतमा रहेको आगो निभाउने प्रणाली प्रयोग गरेर चालक दलले आगो निभाएका थिए । घटनामा कुनै क्षति भएको छैन।

विक्रमादित्य २८४ मिटर लामो र ६० मिटर अग्लो छ । ४० हजार टन तौल भएको यो जहाज भारतीय नौसेनाको सबैभन्दा ठूलो जहाज हो।

जलसेनाले आगलागी घटनाको छानबिन गर्न 'बोर्ड अफ इन्क्वायरी' लाई आदेश दिएको छ ।

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ