arrow
ADVERTISEMENT

राष्ट्रपतिमा द्रौपदीले जित्ने भन्दै भाजपाले थाल्यो र्‍यालीको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
murmu-sinha.jpg

काठमाडौं । भारतको नयाँ राष्ट्रपति चयन गर्नका लागि भएको निर्वाचनको आज आज मतगणना हुँदै छ । गत १८ जुलाईमा भारतको १५औँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । 

राष्ट्रपतिको उम्मेदवारमा एनडीएबाट द्रौपदी मूर्मु र विपक्षी तर्फबाट यशवंत सिन्हा छन् । भारतीय सञ्चार माध्यमका अनुसार द्रौपदी मूर्मुको जितको सम्भावना धेरै छ । यदि उनले जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन्।

मतगणना बिहान सवा ११ बजे सुरु हुदैछ । मतगणनाका लागि सबै राज्यको विधान सभाबाट मतपेटिका संसद भवनमा ल्याइसकिएको छ। मत परिणाम पनि आजै आउँदै छ ।

भारतीय जनता पार्टी भाजपाले आफ्नो उम्मेदवार द्रौपदी मूर्मुले जित्ने पक्का भएको भन्दै उत्सवको तयारी गरेको छ । 

ओडिशाको द्रौपदी मूर्मु गाउँमा जितको खुसीयालीको तयारी सुरु भएको छ, जसका तस्बिरहरू पनि बाहिर आएका छन्। स्रोतका अनुसार भाजपाले ठूलो उत्सवको तयारी गरेको छ । 

मतगणना सकिएपछि साँझ ५:३० बजे दिल्लीको पन्त मार्गदेखि राजपथसम्म रोड शो आयोजना गर्ने तयारी छ । यो रोड शोको नेतृत्व बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डा, दिल्ली प्रदेश अध्यक्ष आदेश गुप्ताले गर्दै छन् ।

राष्ट्रपतीय निर्वाचनमा सङ्घीय सांसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा सङ्घीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरूले मतदान गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ