arrow

जब राजीव गान्धीको कपडा लगाएर पद्म भूषण लिन पुगे अमिताभ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
rajiv-gandhi-amitabh.jpg

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी  र बलिउडका महानायक अमिताभ बच्चन साथी हुन् । दुवैले राजनीतिमा पनि साझेदारी गरेका थिए । 

अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन हिन्दी भाषाका कवि र लेखक थिए।  उनी हिन्दी कविताको छायावाद कालका प्रमुख कविहरूमध्ये एक हुन्। उनको सबैभन्दा प्रसिद्ध कृति मधुशाला हो।

हरिवंशले भारत सरकारको तर्फबाट पद्म भूषण पाएका छन् । हरिवंशलाई भारत सरकारले पद्म भूषणको लागि आमन्त्रित गर्दा  सम्पूर्ण बच्चन परिवारले उनलाई अवार्ड ग्रहण गरेको हेर्न चाहन्थे तर दुई जना मात्र जान पाएका थिए ।

त्यसमा पनि अन्तिम समय बाबुसँग अमिताभ मात्र पुगेका थिए । हरिवंश राय बच्चनसँगै उनका दुई छोरा अमिताभ र अजिताभ जाने तयारीमा थिए ।

तीनै जनाको तयारी जया बच्चन आफैँले गरेकी थिइन् । तीनै जनालाई उनले कालो सुटको व्यवस्था गराएकी थिइन्

यसका लागि टेलरलाई फोन गरेर विशेष रूपमा सुट तयार पारिएको थियो तर अन्तिम क्षणमा अजिताभको स्वास्थ्य बिग्रिएपछि अमिताभ बच्चन र उनका बुवा मात्र गएका थिए ।

अमिताभ बच्चन आफ्ना बुवासँग अवार्ड समारोहमा सहभागी हुन दिल्ली पुगेका थिए । उनी तयारीका लागि सुट निकाले तब  भाइ अजिताभको सुट भेटाए ।  झोलाबाट अमिताभ बच्चनको सुट निकालिएको थियो । 

यसपछि अभिनेताले आफ्नो मिल्ने साथी राजीव गान्धीलाई सम्झे ।  राजीव गान्धीले पनि अमिताभका लागि आफ्नो कुर्ता, पाइजामा र शाल पठाइदिए । जसलाई लगाएर अमिताभ बच्चन अवार्ड समारोहमा पुगेका थिए ।



नयाँ