arrow

निवर्तमान अर्थमन्त्री शर्माको बयानः बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागिता छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
janardan-chanbin-samiti.jpg

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उनीसँग सोधपुछ गरेको थियो । 

उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका हुन् । संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “उहाँले सोध्नुभएका हरेक प्रश्नको जवाफ दिएको छु ।”

समितिको बैठकमा उनले बजेट तयारीका क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनधिकृत काम नगरेको बताएका थियो । उनले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनधिकृत व्यक्तिको संलग्नता नगराएकोसमेत स्पष्ट पारे । उनले आफूमाथि लागेको आरोप निराधार रहेकोसमेत उल्लेख गरेका थिए । 

पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको स्पष्ट पार्दै आफूलाई आरोप मात्र लगाइएको बताएका थिए । 

चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिएका थिए । 

समितिको आज समय सकिँदैछ । थप एक हप्ता समय थपिने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ