arrow

दक्षिण कोरियामा एकैदिन ७१ हजार बढी कोरोना सङ्क्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
corona-korea.jpg

काठमाडौं । दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ । 

सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ