भारतीय राष्ट्रपति द्रौपदीलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको बधाई
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
937
Shares
काठमाडौं । आदिवासी नेत्री द्रौपदी मूर्मू भारतको १५औं राष्ट्रपति बनेकी छन् । राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मूर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता यशवन्त सिन्हालाई करिब दोब्बर मतले पराजित गरेकी छन्।
जितसँगै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।
मूर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गरेको ट्विट सन्देशमा गरेकी छन् । त्यस्तै प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मूर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।
भारतको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् ।चौसट्ठी वर्षीया मूर्मूको जन्म उडिसा राज्यमा भएको हो । उनी सन्थाल समुदायकी हुन् । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो । मूर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन् ।