arrow

वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
climate.jpg

काठमाडौं । आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् । 

भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ