arrow

सनी देवल बिमारी हुँदा खुल्यो अक्षयको भाग्य : आलिशान बङ्गला किनेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
akshay-twinkle.jpg

काठमाडौं । हालका भाजपा नेता तथा बलिउड अभिनेता सनी देवल बिमारी भएका कारण अक्षय कुमारले मुम्बईमा आलिशान बङ्गला किन्न सकेको खुलासा भएको छ । यो रहस्य अक्षय आफैले २० वर्षपछि खुलाएका हुन् । 

निर्देशक राजकुमार कोहलीको फिल्म ‘जानी दुश्मनः एक अनोखी कहानी’ (२००२) मा खलनायकले अक्षयको क्यारेक्टरलाई मार्ने थियो । तर सनी देवल न्यूयोर्कमा रहेकाले अक्षयले थप पाँच दिन काम गरेँ। यही पैसाले अक्षयले मुम्बई मा आलीशान बङ्गला किने । 

७ नायक रहेको ‘जानी दुश्मन’ मा अक्षयले पनि काम पाएका थिए । अक्षयका भन्छन्,' फिल्ममा खलनायकले मेरो क्यारेक्टर मार्ने दृश्य थियो । निर्देशकलाई म भोलि काममा आउनु पर्ने होकी होइन भनी सोध्न गएँ । उहाँले आउनु, तिम्रो क्यारेक्टर अझै कोमामा छ भन्नुभयो। मेरो क्यारेक्टर मरेपछि नयाँ कलाकार आउनु पर्ने थियो, तर उनी न्यूयोर्कमा फसेकाले मैले थप पाँच दिन काम गरेको थियो।'

उनी भन्छन् ,' आज जुन बङ्गलामा म बसिरहेको छु त्यो किन्न पैसा चाहिएको थियो । र जानी दुष्मनको कारण मैले त्यो किन्न सकेँ ।' 

न्यूयोर्कमा सनीको ढाडको शल्यक्रिया भएको थियो, जसका कारण उनी सुटिङमा आउन सकेका थिएनन् । अक्षय कुमार भन्छन्, ‘म इन्डस्ट्रीमा पैसा कमाउन आएको हुँ । मेरो ध्यान एकदम स्पष्ट थियो।' 

अक्षय कुमार मुम्बईको जुहू बिचमा १२८ करोड नेपाली रुपैयाँको प्राइम बीच बङ्गलामा बस्छन् । यो बहुमज‍िला घर अक्षय कुमारलाई मन पर्छ। यो बङ्गला निकै आकर्षक रहेको छ । घरको पुरै इन्टेरियर अक्षय कुमारकी श्रीमती र अभिनेत्री ट्व‍िंकल खन्नाले गरेकी छन् ।



नयाँ