- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पाचौं मिस मगर नेपाल २०२२ को ताज मिलन थापामगरले जितेकी छन् । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् । उनले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।
एसटी क्रियशन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा फष्ट रनरअफ भावना खपांगीमगले जितिन् । उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।
यस्तै, सेकेन्ड रनरअप दुर्गा रानामगर बन्न सफल भइन् । उनले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी थर्ड रनरअप बन्न सफल मीना गर्बुजा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।
यसैगरी भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगर भएकी थिइन् । विजेताहरुलाई गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा वेष्ट फिगर शुभा पुनमगर, मस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मस्ट डिसप्लेन सलिना घर्तीमगर, वेस्ट पपुलर सारन सुरालीमगर, मस्ट फ्रेण्डसिप सृष्टी फगामीमगर, अवार्ड वेस्ट स्माइल अवार्ड सोनु सोमांगीमगर, वेस्ट वल्क अवार्ड मिलन थापा मगर, मस्ट सपोर्टेड अवार्ड गोमा थापामगर, वेस्ट स्कील रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मस्ट इन्टेलिजेन्ट दुर्गा रानामगर, मस्ट ट्यालेन्टटेड मिलन थापामगर बन्न सफल भएका थिए ।