arrow

तीन साथी एकै रुखमा झुण्डिए, प्रहरी रहस्य खोज्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
3-gril.jpg

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुण्डिएको अवस्थामा आइतबार बिहान फेला परे । 

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।  घटनास्थल नेपाल-भारत सीमा क्षेत्रमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू सोही चिया बगानमा मजदुरी गर्दै आएका थिए । स्थानीयवासी समेत रहेका उनीहरू तीनै जना मिलनसार साथीसमेत हुन् । 

सो घटनालाई लिएर प्रहरी सूक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको छ । तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ ।

बेल्ले गाउँको चिया बगानमा मजदुरी गर्दै आएका उनीहरू शनिवार ११ बजेदेखि बेपत्ता भएको र स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार दुई जनाको गोजीमा मोबाइल फेला परेको बताए । दुबै मोबाइलमा ‘प्याट्रोन लक’ रहेको र मोबाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइको उनले बताए ।

प्रहरीले तीनै जनाको शवलाई पोस्टमार्टमका लागि धरान घोपा पठाइएको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिए पनि कारण खुल्न सकेको छैन । 
 



नयाँ