arrow

एकै दिन २ हजार बढी सवारी चालक परे कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
mapase.jpg

काठमाडौँ । ट्राफिक  प्रहरीले मादक पदार्थ सेवन गर्ने लगायत विभिन्न अनुसार पालना नगर्ने  चालकलाई कारबाही गरेको छ । आइतबार  उपत्यकामा एकै दिन २ हजार २८२ जना सवारी चालकलाई कारबाही गरे उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ  ।

कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।

यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारबाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ