- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
साप्ताहिक फल : (साउन ०९ गते सोमबारदेखि साउन १५ गते आइतबारसम्म), नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)
साप्ताहिक राशिफल :
मेष : मेष राशि भएका व्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता कडा मिहिनेत गर्नु पर्नेछ । मनमा चञ्चलता पन बढ्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्ने देखिन्छ । शुभ कार्यमा मन लाग्ने, हिम्मत बढ्ने देखिन्छ । कामवासनामा मन लाग्नेछ । शारीरिक सुख प्राप्त, आर्थिक लाभ, घरगृहस्थीको सुख प्राप्त हुनेछ । राज्यपक्ष्यबाट लाभ, मित्रजनवाट लाभ बढ्ने देखिन्छ । अरूलाई दोष दिएर कार्यबाट उम्कने बानी बढ्न सक्नेछ । घाउ खटिराको समस्या बढ्न सक्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । सत्यतालाई आत्मसाथ गरेर अघि बढ्ने देखिन्छ । शेयर कारोबारमा लाभ रहेको छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । खर्च बढ्ने देखिन्छ ।मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । यो सातामा अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।
वृष : वृष राशि भएका व्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता कुलकुटुम्बको साथ सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्ने देखिन्छ । असल काममा मनलाग्ने, कामवासना बढ्ने असल काममा मन लाग्नेछ । मनमा अलि दिक्दार बढ्ने देखिन्छ । पराक्रमी बढ्ने देखिन्छ । आफ्नै परिश्रमबाट धन आर्जित हुनेछ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । मनमा अलि चिन्ता बढ्ने देखिन्छ । शृङ्गारिक सामाग्रीमा खर्च बढ्ने देखिन्छ । शुभ कार्यमा मन लाग्ने सुखी, दीर्घायु बढाउने देखिन्छ । फलाम तेल, खनिज सम्बन्धी कार्यबाट लाभ हुने देखिन्छ । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।
मिथुन : मिथुन राशि भएका व्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता धार्मिक कार्यमा मन लाग्ने, आर्थिक लाभ, प्रेम तथा दाम्पत्य जीवनमा सुखमय रहने छ । अर्काको आस गर्ने बानी देखा पर्न सक्नेछ । अर्काको भाग्यमा भर पर्ने बानीले नोक्सान बेहोर्नु पर्नेछ । खराब कार्यमा मन लाग्ने देखिन्छ । अरूको धनमा आस बढ्न सक्नेछ । विरोधी पक्ष्यबाट धन प्राप्त हुनेछ । राज्यपक्ष्यबाट लाभ हुनेछ, शेयर कारोबारमा लाभ हुने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि खटपट बढ्ने देखिन्छ । अलि अरूको आलोचना गर्नेमा समय बित्ने देखिन्छ ।। अफ्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र बिहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । मथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।
कर्कट : कर्कट राशि भएका व्यक्तिका लागि श्रावण महिनाको दोस्रो हप्ता आर्थिक नोक्सान बढ्ने देखिन्छ । अध्ययनमा मन नलाग्ने देखिन्छ । सानातिनो रोगले सताउने देखिन्छ । अर्काको लागि समय खर्च ब्यतित् गर्नु पर्ने देखिन्छ । असल कार्यमा मन लाग्ने देखिन्छ । घरगृहस्थीको सुखमा कमी, मित्रजनबाट धोखा, व्यापारमा नोक्सान बढ्ने देखिन्छ । राज्यबाट विविध किसिमका झन्झट बेहोर्नु पर्ने देखिन्छ । नसा, बाथ सम्बन्धी समस्याले सताउने देखिन्छ । व्यापारमा नोक्सान बेहोर्नु पर्ने देखिन्छ । राज्यपक्ष्यबाट लाभ आउनेछ । विद्यार्थी वर्गमा अध्ययनमा अवरोध हुनेछ देखिन्छ । शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्नेछ । अन्य दिनको तुलनामा बुधबार र बिहीबार भने तपाईका लागि समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरु आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिँदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ने, व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।
सिंह : सिंह राशि भएका व्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता शारीरिक सुख प्राप्त नहुने,अनावश्यक खर्च बढ्ने देखिन्छ । मनोरञ्जन सम्बन्धी कार्यमा खर्च बढ्ने देखिन्छ । आर्थिक अभाव भएता पनि मनमा आत्मबल बढ्ने देखिन्छ । सन्तान सुखमा कमी देखिन्छ । व्यापारमा नोक्सान बेहोर्नु पर्ने देखिन्छ । अर्काको कार्यमा समय खर्च गर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । आफन्त सित सम्बन्धमा चिसोपना आउने देखिन्छ भने बाहिरी मान्छेसित मित्रता बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्ने देखिन्छ । अर्काको सम्पत्ति हरण गर्नेमा मन लाग्न सक्नेछ । दाजुभाइ बिचमा सम्बन्धमा चिसो पन आउने देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । संह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।
कन्या : कन्या राशि भएका व्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता आर्थिक पक्ष्यमा लाभ हुनेछ । अध्ययनमा मन लाग्नेछ । असल शिलस्वभाव बढ्ने देखिन्छ । मनमा घमण्ड पनि बढ्ने देखिन्छ । अर्काको काममा समय खर्च गर्नु पर्ने छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता बढ्ने देखिन्छ । प्रेममा सफलता हुनेछ । मनमा घमण्ड पन बढेर मूर्खता पन देखा पर्नेछ । धन अस्थिर हुनेछ भने सन्तानबाट शत्रुता बढ्ने देखिन्छ । शारीरिक सुख प्राप्त, धर्यशील, बुद्धिमान तर बाथको समस्याले सताउने देखिन्छ । अर्काको निन्दा गर्नेमा बढी समय खेर जानेछ । सबै मान्छेको पूज्य हुनेछन् । आर्थिकपक्ष्यबाट लाभ हुनुका साथै सत्य कुरामा मन लाग्नेछ । सत्य कुरा बोल्नेका साथै मनमा अलि जिद्दीपन बढ्ने देखिन्छ । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्न सक्नेछ । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबढी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिँदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।
तुला : तुला राशि भएका ब्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता आफन्तहरूसित सम्बन्धमा सुमधुरता बढ्ने छ । धार्मिक कार्यमा मन लाग्ने । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्ने देखिन्छ । दाजुभाइ बिचमा सम्बन्धमा चिसो पन आउने छ । मावली पक्ष्यसित पनि शत्रुता पन देखा पर्नेछ । मित्रजनबाट लाभ, घरगृहस्थीको सुख, राज्यपक्ष्यबाट मानसम्मान पाउने देखिन्छ । धनप्राप्त हुनुका साथै विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुने दिखिन्छ । आफन्तसित मनमुटाब बढेता पनि बाहिरी मान्छेसित मित्रता बढ्ने देखिन्छ । शारीरिक सुखमा कमी देखिन्छ । अर्काको धनमा मन लाग्ने देखिन्छ । राज्यपक्ष्यबाट मानसम्मान पाउने देखिन्छ । बिहीबार र शुक्रबार दुई दिन तपाइँका लागि त्यति साम्रो समय देखिँदैन । काममा व्यवधान आउँदा, मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबढी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।
वृश्चिक : वृश्चिक राशि भएका ब्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता शारीरिक सुखमा कमी देखिन्छ । कडा मिहिनेत गर्नु पर्नेछ । आर्थिक लाभ, सन्तानबाट सुख प्राप्त हुनेछ । दाजुभाइबाट सुखप्राप्त हुनेछ । पराक्रमी बढ्ने देखिन्छ । आफ्नै मिहिनेतले धन आर्जन हुने देखिन्छ । सन्तानबाट सुख प्राप्त, विद्यार्थी वर्गमा अध्ययनमा सफलता बढ्ने देखिन्छ भने बोलीमा प्रभावकारी बढ्नेछ । आफन्तबाट शत्रुभाव बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि खटपट बढ्ने देखिन्छ । धर्मकर्म तिर लागे पनि धर्मप्रति द्रोह गर्ने देखिन्छ । राज्यपक्ष्यबाट लाभ प्राप्त हुनुका साथै सम्मान पाउने देखिन्छ । वैदेशिक यात्राको पनि योग देखिन्छ । घर जग्गाको कारेबार गर्दा राम्रै हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै हुनेछ । उपहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।
धनु : धनु राशि भएका ब्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता मित्रजनवाट लाभ हुनेछ । घरगृहस्थीको सुख प्राप्त, राज्यपक्ष्यबाट मान सम्मान पाउने देखिन्छ । धन बढेर जानेछ । मनमा घमण्ड पन बढ्ने छ । अरूको धनमा लोभ बढ्ने देखिन्छ । सबैको सम्माननीय व्यक्ति हुनेछ । राज्यपक्ष्यबाट मान सम्मान पाउने देखिन्छ । सन्तान सित मनमुटाब बढ्ने देखिन्छ । मनमा साहस बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि चिसोपन बढ्ने देखिन्छ । दाम्पत्य जीवनमा परिवारमा अलि रोगी पन देखा पर्नेछ । विरोधी पक्ष्यहरु परास्त भएर जानेछन् । बोल्दा खेरी सावधानी अपनाउनु पर्ने देखिन्छ । अध्ययनमा अवरोध हुनेछ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहनेछन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।
मकर : मकर राशि भएका ब्यक्तिका लागि श्रावण महिना आफ्नै मिहिनेतबाट धन आर्जन हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । धन आर्जन हुनेछ । कुटुम्बबाट अलि वैरभाव बढ्ने देखिन्छ । आफन्त दाजुभाइबाट सुख प्राप्त पाउने हुन्छ, शारीरिक सुख प्राप्त हुनेछ । राज्यपक्ष्यबाट विविध किसिमका समस्याहरू आई पर्नेछन् । व्यापारमा नोक्सान बेहोर्नु पर्ने देखिन्छ । सन्तान टाढिन सक्नेछन्, अलि मनमुटाब बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा सामान्य रहेको छ । व्यापारमा अलि नोक्सान हुनेछ । बाबुको स्वास्थ्यमा बिग्रने अवस्था रहेको छ । राज्यपक्ष्यबाट खर्च बढ्ने देखिन्छ । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योगछ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो हुनेछ । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।
कुम्भ : कुम्भ राशि भएका ब्यक्तिका लागि श्रावण महिनाको दोस्रो साता शारीरिक सुखमा कमी, व्यर्थमा धन खर्च बढ्ने देखिन्छ । अनावश्यक रीस बढ्ने छ । धनीमा अलि घमण्डपन बढ्ने देखिन्छ । आफन्तबाट मनमुटाब बढ्नेछ । सबैको मान्छेले मान्ने अवस्था आउने छ । सन्तान सुखमा कमी, अध्ययनमा अवरोध, बोलीमा प्रभाव कम रहने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि खटपट बढ्ने देखिन्छ । सर्पदेखी सजग रहनु होला । शरीरमा विभिन्न किसिमका रोगले आक्रमण गर्न सक्नेछन् । गुरु भक्तिमा मन लाग्ने देखिन्छ । दाजुभाइ बिचमा सुखमा कमी रहने छ । मावलीपक्ष्यबाट नोक्सान बेहोर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । तीर्थब्रतमा समय जानेछ । खर्च बढेर जानेछ ।पठनपाठनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।
मीन : मीन राशि भएका ब्यक्तिका लागि श्रावण महिनाको दोस्रो हप्ता आफ्नै बाहुबलबाट धन आर्जन हुनेछ । मनमा अलि चञ्चल पन देखा पर्नेछ । मनमा घमण्ड पन बढेर जानेछ । सुखी, धन आउने छ । शारीरिक सुख प्राप्त, सबै मानिसको प्यारो, गुणवान् बढेर जानेछ । अलि बढी चुक्ली लगाउने बानी बढ्न सक्नेछ । धन अलि अस्थिर हुन्छ । सन्तानबाट अलि वैरभाव बढ्ने छ । सुखीका साथै मनमा दयालु पन बढ्ने देखिन्छ । सबैको मान्य गुणवानका साथै सुख प्राप्त हुनेछ । घरजग्गाको सुखमा कमी हुनेछ भने मित्रजनवाट रिसराग बढ्ने देखिन्छ । नयाँ धन आर्जनका बाटाहरू देखा पर्नेछन् । मनमा कामवासना बढ्ने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । नयाँ नयाँ आर्थिकका श्रोतहरू देखा पर्नेछन् । धार्मिक शास्त्रतिर रुची बढ्ने देखिन्छ । अरूलाई धनदिँदा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।