arrow
ADVERTISEMENT

भारतीय राष्ट्रपति द्रौपदीले लिइन् शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
droupadi-murmu-president-india2022.jpg

काठमाडौं । भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् । 

सपथ समारोहमा निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित लगायत थिए ।

कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक, लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।

६४ वर्षीया मुर्मु भारतकी दोस्रो महिला र आदिवासी समुदायकी पहिलो राष्ट्रपति हुन् । उनी भारतकी १५औँ राष्ट्रपति हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ