- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकै धनाढ्य टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क फेरि विवादमा फसेका छन् । वाल स्ट्रीट जर्नलले मस्क र गुगलका सह-संस्थापक सर्गेई ब्रिनकी पत्नी निकोल शानाहानबीच अफेयर चलेको खुलासा गरेको छ । जसका कारण ब्रिन र शानाहानबीच सम्बन्धविच्छेद भएको बताइएको छ ।
वाल स्ट्रीट जर्नलको रिपोर्टमा,' मस्क र निकोलबीचको अफेयर थाहा पाएपछि उनका पति सर्गेई ब्रिनले उनीसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेको कुरा उल्लेख छ । दुई व्यापारी लामो समयदेखि साथी थिए र मस्क ब्रिनको सिलिकन भ्यालीको घरमा बारम्बार आउने गर्थे।' लेखिएको छ ।
मस्क र निकोलबीचको अफेयर गत वर्षको डिसेम्बरमा सुरु भएको थियो । ब्रिन र उनकी श्रीमती छुट्टिएका थिए, तर अफेयरको समयमा सँगै बसिरहेका थिए। केही हप्तापछि, ब्रिनले आपसी मतभेदलाई उद्धृत गर्दै जनवरीमा सम्बन्धविच्छेदको लागि निवेदन दिए।
रिपोर्टका अनुसार ब्रिन र शानाहानले त्यतिबेला आफ्नो वैवाहिक जीवनमा कठिनाइको सामना गरिरहेका थिए। मस्क र उनकी प्रेमिका ग्रिम्सको ब्रेकअप भएपछि यो अफेयर सुरु भएको बताइएको छ ।
सर्गेईले सम्बन्धविच्छेदको लागि उजुरी दायर गरेपछि मस्क एक पार्टीमा उनीसँग माफी माग्न पछि-पछि दौडिरहेका थिए । ब्रिनले माफी दिए पनि साथीको सम्बन्ध नहेको बताएका थिए।
यता मस्कले भने वाल स्ट्रीट जर्नलको ट्विटरमा यी दावीहरू पूर्णतः वाहियात भएको बताएका छन्। मस्कले लेखेका छन्- यी सबै निराधार छन् । सर्गेई र म अझै साथी हौं। हिजो राती हामी सँगै पार्टीमा थियौं । पछिल्ला तीन वर्षमा मैले निकोललाई दुई पटक मात्र देखेको छु, दुवै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए, यसमा रोमान्टिक केही थिएन।'
विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध विच्छेदका लागि यसै महिनाको शुरुमा निवेदन दिएका थिए । सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएको थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छिन् ।