arrow

काठमाडौंमा चिनियाँकाे नेपाली ठग्ने कल सेन्टर: प्रहरीको छापा, २० जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
chinese-call-center.jpg

काठमाडौं । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले एक घर भाडामा ल्याएर चलाएको कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले विशेष सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मारेको हो ।

कल सेन्टरबाट चिनियाँ र नेपालीसहित २० जनालाई पक्राउ गरिएको र कम्प्युटर, ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर उक्त कल सेन्टरमा छापा मारेर कल सेन्टर सञ्चालनमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनीहरुलाई अहिले प्रहरी वृत गौशला र अन्य ठाउँमा राखेर अनुसन्धान भइरहेकाे उनले बताए । सुरुमा चिनियाँ नागरिकले गेटबाट प्रहरीलाई प्रवेश गर्न दिएका थिएनन् । त्यपछि प्रहरी बल प्रयोग गरेर भित्र छिर्न बाध्य भएको थियो ।

आइतबार अर्थात् हिजो मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट ठगी गर्ने २ सय ५० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ