arrow

'भारतीय नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता दिइयोस्'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
bamdev-gautam-parliament-2079.jpg

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले भारतीय नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता दिनुपर्ने बताएका छन् । गौतमले नागरिकता संशोधन विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकताको बारेमा सरकारले गरेको व्यवस्थामाथि केही कुरा सच्चाउनुपर्ने भन्दै यस्तो बताएका हुन् । 

गौतमले भने , ‘भारतबाट आउनेले त्यहाँको नागरिकता त्यागेको सम्बन्धित निकायको कुनै न कुनै प्रमाणपत्र पेस गरेपछि मात्र नागरिकता दिने व्यवस्था राज्यले गर्नुपर्छ त्यो कुरा सरकारले सच्चाओस् ।’

उनले बाहिरबाट विवाह गरेर ल्याएको बुहारीले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ तर आमाले भने १४ वर्षसम्म अनागरिक भएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने,' तराईका आधा नेपाली महिला भारततिर विवाह गर्दछन् भने आधा पुरुषहरू भारतबाट बिहे गरेर नेपाल ल्याउने गर्दछन् । १४ वर्षसम्म नागरिकता नदिने व्यवस्थाले, आमाले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ, १४ वर्षसम्म आमा अनागरिक भएर बस्नुपर्छ । नागरिकता नभएको मान्छे संसारमा कोही पनि हुनुहुँदैन यो अन्तर्राष्ट्रिय मान्यता हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ