arrow

राष्ट्रपतिबाट चार मुलुकका लागि राजदूत नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार राष्ट्रका लागि राजदूत नियुक्ति गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि राष्ट्रपति भण्डारीले नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा , मिलनराज तुलाधारलाई रुसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा नियुक्ति गरेकी छन् । 

त्यस्तै प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भुटानका लागिसमेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ