arrow

शंकर पोखरेलले खोले मुख –‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
Shankar-Pokharel1-1619947417.jpg

चितवन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा मंगलबार भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे । 

उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे । पार्टीले देशव्यापी रुपमा सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएर फर्केपछि अन्य कम्युनिष्ट दलहरुबीच तालमेलको चर्चा चलिरहे पनि एमाले भने शान्त बसेको छ । उसले पहिले पाँच दलीय गठबन्धन तोडेर त्यसपछिमात्र सँगसँगै जाने रणनीति बनाइरहेको छ । 

यही सेरोमा पहिलो पटक एमाले महासचिव पोखरेलले वामपन्थीहरुलाई एमालेमा गोलबद्ध हुन आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ