arrow

छ महिनामै बाँकेमा सशस्त्र प्रहरीले साढे दुई करोडको अवैध सामग्री लियाे नियन्त्रणमा

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ साउन १० मंगलबार
apf-banke.jpg

नेपालगञ्ज । बाँकेमा सशस्त्र प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा जिल्लाभरबाट झण्डै साढे २ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीको सामग्री  बरामद गरेको छ ।

गत वर्षको माघ महिनादेखि गत असार मसान्तसम्म सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले २ करोड ४१ लाख ६५ हजार ९१६ रुपैयाँ बराबरमा अवैध सामाग्री  बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले बताए । 

सशस्त्र प्रहरी उपरीक्षक बस्नेका अनुसार बरामद गरिएका सामग्रीहरुमा लत्ताकपडा, किराना सामान, पशुपंक्षी तथा माछा मासु ,सुनचाँदी, मोटरपार्ट्स, हार्डवेयरका सामग्री, अवैध काठ, व्हाइट पप्पी सिडस्, विभिन्न किसिमका लागूऔषध लगायत छन् ।

बरामद गरिएका २ करोड ४१ लाख ६५ हजार ९१६ रुपैयाँ बराबरका सामग्रीमा ५४ लाख १ हजार ६७९ रुपैयाँको लत्ताकपडा, ३५ लाख १९ हजार ३८३ रुपैयाँका किराना सामग्री,  ११ लाख ९ हजार ३५० रुपैयाँ बराबरका पशुपंक्षी तथा माछा मासु, ९ लाख ४७ हजार ७१५ रुपैयाँको सुनचाँदी, २५ लाख २२ हजार ८१९ रुपैयाँ बराबरका मोटरपार्ट्स तथा हार्डवेयरका सामग्री, ७ लाख ४३ हजार १६० रुपैयाँ बराबरका अवैध काठ  र ९९ लाख २१ हजार ८१० रुपैयाँ बराबरको व्हाइट पप्पी सिडस् रहेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । 

सशस्त्र प्रहरीले यी सामग्री बाहेक लागूऔषध ओसारपसारमा संंलग्न ६ जनालाई ब्राउनसुगर लगायत अन्य लागूऔषधसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइसकेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

बाँकेमा सशस्त्र प्रहरी उपरीक्षक बस्नेत आएयता सशस्त्र प्रहरी तस्करीविरुद्ध बिशेष अभियानका साथ लागिपरेको छ । सीमा नाकामा हुने अवैध गतिविधिलाई रोक्न हरहमेसा लागि पर्दै आइरहेको छ । 

सीमा नाकामा कडाईका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन अनुसार सशस्त्र प्रहरीका सबै दर्जाहरु अवैध ओसारपसार रोक्न, सीमा नाकामा हुने अवैध गतिविधिलाई निगरानी बढाउँदै चौबीसै घण्टा पहरा दिँदै आएका छन् ।

पछिल्लो समय समाजमा आतंक फैलाउने लागूऔषध ओसारपसारविरुद्ध समेत सशस्त्र प्रहरीले धावा बोल्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ