- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एउटी महिला जसको लागि संसारका दुई धनी अरबपति भिडेका छन् । उद्यमी निकोल शानाहान संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्कसँग डेट गरिरहेकी छन् । यद्यपि मस्कले यी कुराहरूलाई अस्वीकार गर्दै आएका छन्। सिलिकन भ्यालीको यो प्रेमकथा अहिले विश्वभर चर्चाको विषय बनेको छ । वाल स्ट्रीट जर्नलका अनुसार मस्क र गुगलका सह-संस्थापक सर्गेई ब्रिनकी पत्नी शानाहानबीच अफेयर चलेको छ । जसका कारण ब्रिन र शानाहानबीच सम्बन्ध विच्छेद भएको बताइएको छ ।
सर्गेई ब्रिनले जुनमा सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए। सर्गेई ब्रिनले उनीहरू बीचको मतभेद 'जसलाई समाधान गर्न नसकिने' भन्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । निकोल शानाहान र गुगलका सह-संस्थापक सर्गेई ब्रिनले ३ वर्षअघि विवाह गरेका थिए । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार निकोल शानाहान र ब्रिनले विवाहपूर्व सम्झौतामा हस्ताक्षर गरेका थिए ।
निकोल शानाहान
शानाहान पेशाले वकिल हुन् । उनी कानुनी सूचना विज्ञानमा कोडेक्सका फेलो हुन्। उनले क्लियर एक्सेस आईपी स्थापना गरिन् । यो क्यालिफोर्नियाको पालो अल्टोमा रहेको कम्पनी हो । जसले पेटेन्ट मालिकहरूलाई मद्दत गर्दछ।
शानाहान चिनियाँ आप्रवासी हुन्। शानाहन भन्छिन् उनकी आमाले सहयोगीको रूपमा काम गरेकी थिइन् । उनीको हुर्काइ मध्यम स्थतरमा भयो । उनको लिंक्डइन प्रोफाइल अनुसार उनी वाशिंगटनको प्युगेट साउन्ड विश्वविद्यालयबाट स्नातक हुन् । जहाँ उनले अर्थशास्त्र, एशियाली अध्ययन र मन्डारिन चाइनिजमा स्नातक गरिन्। उनी स्टुडेन्ट एक्चेन्ज प्रोग्रामको क्रममा सिंगापुरको नेसनल युनिभर्सिटीमा गइन् र सान्ता क्लारा विश्वविद्यालयबाट कानून पढिन्।
उनी न्यूरल नेटवर्क, संरचित डाटाबेस, एपीआई, यूआई/यूएक्स, स्वचालन र एसएएएसको कानूनी अनुप्रयोगहरूमा माहिर छिन्। प्राविधिक संसारबाट टाढा, शानाहानले कानुनी कृत्रिम बुद्धिमत्ताको समाजले अपनाउने गति र प्रकृतिको भविष्यवाणी गर्न "कोजियन म्यापिङ" भनिने आर्थिक सिद्धान्तमा पनि काम गरिएकी छन्।
शानाहानले आफ्नो कम्पनी बेचिसकेपछि सन् २०१९ मा बीआइए इकोको स्थापना गरिन्। फाउन्डेसनले मुख्यतया प्रजनन दीर्घायु र समानताको साथमा फौजदारी न्याय सुधार र स्वस्थ र बस्न योग्य ग्रहको संरक्षणमा काम गर्छ।
सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी शानाहान र सर्गेईबीच सन् २०१५ मा देख भेट भएको थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छिन् ।
वाल स्ट्रीट जर्नलको रिपोर्टमा,' मस्क र निकोलबीचको अफेयर थाहा पाएपछि उनका पति सर्गेई ब्रिनले उनीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको कुरा उल्लेख छ । दुई व्यापारी लामो समयदेखि साथी थिए र मस्क ब्रिनको सिलिकन भ्यालीको घरमा बारम्बार आउने गर्थे।' मस्क र निकोलबीचको अफेयर गत वर्षको डिसेम्बरमा सुरु भएको बताइन्छ । मस्क र उनकी प्रेमिका ग्रिम्सको ब्रेक अप भएपछि यो अफेयर सुरु भएको बताइएको छ ।
सर्गेईले सम्बन्ध विच्छेदको लागि उजुरी दायर गरेपछि मस्क एक पार्टीमा उनीसँग माफी माग्न पछि-पछि दौडिरहेका थिए । ब्रिनले माफी दिए पनि साथीको सम्बन्ध नरहेको बताएका थिए।
यता मस्कले भने वाल स्ट्रीट जर्नलको रिपोर्ट पूर्णतः वाहियात भएको बताएका छन्। मस्कले लेखेका छन्- यी सबै निराधार छन् । सर्गेई र म अझै साथी हौं। हिजो राती हामी सँगै पार्टीमा थियौँ । पछिल्ला तीन वर्षमा मैले निकोललाई दुई पटक मात्र देखेको छु, दुवै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए, यसमा रोमान्टिक केही थिएन।'