arrow

नग्न तस्बिर खिच्ने रणवीरलाई पाँच वर्ष जेल हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
ranveer-singh-nude.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहलाई जेल हुन सक्ने भएको छ । नग्न तस्बिर खिचेका उनलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । 

एन एनजीओले उनीविरुद्ध मंगलबार मुम्बईमा एफआईआर दर्ता गराएको छ । रणवीरले एक म्यागजिनका लागि फोटोसुट गराएका थिए । उक्त फोटो उनले सामाजिक संजालमा पोष्ट गरेका थिए । 

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘हजारौं मानिसका सामुन्ने आफ्नो कपडा उतार्न सक्छु । मलाई यसले केही फरक पर्दैन ।’

उक्त एनजीओले रणवीर नग्न भएर महिलाहरुको भावनामा ठेस पुर्याएको चर्चा गरेको छ । उक्त तस्बिर हटाउन पनि आग्रह गरिएको छ । 

उजुरीमा रणवीरलाई गिरफ्तार गर्न भनिएको छ । उनीविरुद्ध आईपीसीको धारा ५०९, २९२, २९४, आईटी ऐनको उपधारा ६७ ए अनुसार मुद्दा दर्ता भएको हो । 

रणवीर पत्नी दीपिका पादूकोणसहित कयौं कलाकारले भने उनको काममा समर्थन गरेका छन् । जसमा रामगोपाल वर्मा, अर्जुन कपूर, आलिया भट्ट, मसाबा गुप्ता लगायत रहेका छन् ।  

रणवीरको रोहित शेट्टी निर्देशित फिल्म ‘सर्कस’ रिलिज हुँदैछ । यो फिल्म आगामी क्रिसमसमा रिलिज हुने बताइएको छ । 

फिल्मा ज्याकलिन फर्नान्डिस रहेकी छिन् । त्यस्तै उनको आलियासँग ‘राँकी और रानी पनि आउँदैछ । जसमा शबाना आजमी, जया बच्चन र धर्मेन्द्र मुख्य भूमिकामा रहेका छन् । 
 



नयाँ