arrow

कोरोनाको उदगमस्थल वुहानका १० लाख मानिस लकडाउनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
china-shanghai-corona.jpg

काठमाडौं । शुरुमा कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहानको बाहिरी भागको एउटा जिल्लामा लकडाउन गरिएको छ । पहिलो पटक महामारी शुरु हुँदा सन् २०२० मा लकडाउन गरेयता पहिलो पटक वुहान शहरमा लकडाउन गरिएको हो ।

कोभिड १९ को महामारीका कारण शहर शिल गरिएको दुई वर्षभन्दा बढी समय भइसकेपछि अहिले वुहानको जियाङ्जिया जिल्लाका करिब १० लाख बासिन्दालाई घर बाहिर ननिस्कन आदेश दिइएको हो ।

त्यहाँ चार जना बिना लक्षणका कोरोना संक्रमित फेला परेसँगै लकडाउन लागू गरिएको हो । सबै सार्वजनिक यातायात ठप्प पारिएको छ भने मनोरञ्जनस्थल तीन दिनका लागि बन्द गरिएको छ ।

अहिले एक जिल्लामा मात्रै लकडाउन गरिए पनि यो अरु जिल्लाहरुमा पनि विस्तार हुँदै जोन सम्भावना देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ