arrow

माछापुच्छ्रे बैङ्कद्वारा दुर्घटना बिमा बापत ग्राहकलाई ७ लाख बिमा रकम हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
mbl-smart-account-insurence-paid.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ। बैङ्कले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बिमा सुविधा अन्तर्गत रु.७ लाख  रकम भुक्तानी गरेको छ। ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात् उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बिमा बैङ्कले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो। बैङ्कले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्तर्गत विभिन्न ग्राहकलाई बिमा रकम भुक्तानी गर्दै आएको छ।

माछापुच्छ्रे बैङ्कले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरूलाई रु. ७ लाख सम्मको दुर्घटना बिमा, रु. १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु.४०,००० सम्मको अस्पताल भर्ना खर्च र रु १०,००० सम्मको औषधी खर्च जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैङ्किङ सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ