arrow

जुवाको खालबाट ११ जना पक्राउ, अधिकांश पूर्व कर्मचारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
police-arrest-juwade.jpg.jpeg

धनगढी । बझाङमा जुवाको खालबाट ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका- ९ देवलका दीपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका- २ का वीरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डले र घरधनी विष्णु मण्डले रहेको छन् । 

गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका- ९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू मध्ये अधिकांश सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरू रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ