- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय चलचित्र अभिनेत्री अर्पिता चटर्जीको फ्ल्याटबाट २९ करोड भारु नगद र ५ किलो सुन बरामद गरिएको छ ।
प्रवर्तन निर्देशनालय (ईडी)ले बुधवार बेलघारियामा रहेको उनको दोस्रो फ्ल्याटमा छापा मारेको थियो। १८ घण्टा सम्म चलेको छापामा ईडीले २९ करोड नगद र ५ किलो सुन बरामद गरेको छ । नोट गणना गर्न मात्र तीन वटा मेसिन लगाइएको थियो ।
शिक्षक भर्तीमा घोटाला गरेको आरोप लागेपछि बङ्गालका वरिष्ठ मन्त्री पार्थ चटर्जी हिरासतमा छन् । चटर्जीको नजिकको सहयोगी अर्पिताको घरमा ईडीले रेड मार्दा उक्त रकम भेटाएको हो ।
यसअघि २३ जुलाईमा ईडीले मन्त्री पार्थ चटर्जी र अर्पिताको घरमा छापा मारेको थियो। हालसम्म अर्पिताको दुवै घरबाट ५० करोडभन्दा बढी भारु र ठूलो मात्रामा सुन बरामद गरेको छ ।
प्रवर्तन निर्देशनालयले उनको आवासीय परिसरबाट २९ करोड रुपैयाँ बरामद गरेपछि पक्राउ परेकी अर्पिता मुखर्जीले पार्थ चटर्जीले आफ्नो घरलाई "मिनी बैङ्क" को रूपमा प्रयोग गरेको बताएकी छन् ।