arrow
ADVERTISEMENT

संसद भवनभित्र पसे प्रदर्शनकारी, टेबलमा सुते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
iraq-protest.jpg

काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । इराकमा प्रधानमन्त्रीको उम्मेदवारमा इरान समर्थक व्यक्तिलाई मनोनयन गरेको विरोधमा प्रदर्शन गर्दै प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका हुन् । 

सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे रोक्न नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको दृश्य देख्न सकिन्छ । हजारौँ प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर संसद्मा र्‍याली गरेका छन् । 

उनीहरू यहाँको पर्खाल चढेर संसद्मा पनि प्रवेश गरेका थिए । सुरक्षा बलहरू यहाँ उपस्थित थिए, तर तिनीहरू पनि यी मानिसहरूलाई रोक्न असफल भए। 

सामाजिक सञ्जालहरूमा सेयर भइरहेका भिडियो र फोटोहरूमा प्रदर्शनकारीहरू संसद भवनभित्र छिरेर नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ ।

इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ