arrow

बाँकेमा सशस्त्र प्रहरी तस्करीविरुद्ध खरो रुपमा उत्रिदै, बरामद भयो लाखौंको अवैध सामग्री 

logo
सौरभ गिरी,
प्रकाशित २०७९ साउन १२ बिहिबार
abaidh-samagri.jpg

नेपालगञ्ज । सशस्त्र प्रहरीले तस्करीविरुद्ध धावा बोल्दै नेपालगञ्जको सीमा नाकाबाट भन्सार छलि गरेर नेपाल भित्र्याउदै गरिएका ठूलो परिमाणका अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक गणेश खत्रीको कमाण्डमा गएको टोलीले बुधबार बिहान ५ बजे नेपालगञ्ज १५ पिप्रहवाबाट झण्डै पौने ३ लाख रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीको नियमित सीमामा नायब निरीक्षक खत्रीको गस्ती टोलीले भन्सार छलि गरेर ल्याउँदै गरिएका ठूलो परिमाणमा कपडा बरामद गरेको छ भने सोही टोलीले पिप्रहवा नजिककैबाट भारत लैजाँदै गरिएको ठूलो परिमाणमा धुलो सुपारीसमेत बरामद गरेको हो ।

त्यस्तै बरामद गरिएका अन्य अवैध सामग्रीहरुमा किराना सामग्री, प्लास्टिकका भाडा, झ्याल (ढोकामा लगाउने कब्जा, खाद्यान्न, चिनी, लेडिजले प्रयोग गर्ने ठूलो परिमाणको कपडालगायत रहेका छन् ।

बरामद गरिएका सबै २ लाख ७० हजार १५० रुपैयाँ बराबर अवैध बस्तु तथा सामग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् । 

बाँकेको सीमा नाकामा अवैध तस्करीविरुद्ध  कडाईका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन अनुसार सशस्त्र प्रहरीले बाँकेका सबै नाकामा अवैध ओसारपसारविरुद्धको अभियानमा लाग्दै दैनिक लाखौं रुपैयाँको सामग्री बरामद गर्दै आएको छ। सशस्त्र प्रहरीले सिमा नाकामा हुने अवैध गतिविधिलाई समेत   निगरानी  बढाउदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ