arrow
ADVERTISEMENT

माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने

logo
एएनआई,
प्रकाशित २०७९ साउन १२ बिहिबार
solih-maldives.jpg

नयाँ दिल्ली। माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लागेको भारतीय अधिकारीहरूले जनाएका छन्।

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आगामी अगस्ट १ देखि ४ सम्म सोलिह भारत भ्रमणमा रहने जानकारी दिए।

सोलिहको औपचारिक भ्रमण टोलीमा माल्दिभ्सका अरू उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी लगायतको समेत सहभागिता हुने पनि उनले बताए।

उनले भ्रमणका क्रममा भारतका व्यवसायीहरूसँग लगानी र व्यावसायिक सहकार्यका बारेमा छलफल गर्ने भएका छन्। भारत भ्रमणको सिलसिलामा उनी मुम्बई पनि जाने गरी भ्रमण तालिका तय भएको अधिकारीहरूले जनाएका छन्।

“छिमेकीलाई पहिलो प्राथमिकता” भन्ने भारतको विदेश नीति अनुसार भारतले माल्दिभ्ससँगको सहकार्य बढाउँदै लगेको विदेश मन्त्रालयले जनाएको छ। भारतले माल्दिभ्सलाई मुख्य छिमेकीको रूपमा हेर्दै आएको पनि भारतीय अधिकारीहरूको भनाई छ। 
पछिल्लो समय भारत र माल्दिभ्सको सहकार्य तीव्र रूपमा बढ्दै गइरहेको विदेश मन्त्रालयका प्रवक्ता बागचीले दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ