arrow

'नेताहरू पैसाको पीर लिन्छन् तर देशको लिँदैनन्'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
madhav-kumar-nepal-ncp-united.jpg

भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू पैसा जम्मा भएन भन्ने कुरामा पीर लिने तर देश किन बनेको छैन भन्ने कुरामा चिन्ता नलिने खाल भएको बताएका छन् ।  एकीकृत समाजवादीको एक हप्ते प्रशिक्षण कार्यक्रममा नेपालले यस्तो नेपालमा सिद्धान्त एउटा र व्यवहारमा अर्को गर्ने पार्टीहरू मात्र भएको बताए 

नेताहरू देश नबनेकोमा चिन्ता नलिने खालका भएको सुनाउँदै उनले भने,' सिद्धान्त र व्यवहारमा ग्याप होइन, भ्रष्टाचारमा डुब्ने अनि इमानदार हुन्छौ भनेर हुन्छ । पैसा जम्मा भएन भन्ने कुराले पिरोल्छ तर देश किन बनेको छैन भन्ने कुराले पिरोलेको पाइएको छैन ।

उनले कसरी देहलाई रूपान्तरण गर्ने, कसरी अरू देशका अभ्यास ग्रहण गर्ने, कसरी सिद्धान्त बस्ने भन्ने कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । 

यस पटकको तालिममा बाग्मती प्रदेशबाट १३ जना, १ नम्बर प्रदेशबाट ८ जना, सुदूरपश्चिमबाट ७ जना र कर्णाली, मधेसबाट पनि मानिसहरूको सहभागिता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ