arrow
ADVERTISEMENT

भारतीय वायुसेनाको लडाकु विमान गाउँमा खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
Indian_airforce.jpg

काठमाडौं । भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । राजस्थानको बारमेरको भीमदा गाउँमा बिहीबार राति ९ बजे वायुसेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको हो । 

दुर्घटना स्थलमा दुई जनाको शव परेको छ । दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको छ । दुर्घटना भएको करिब ४५ मिनेटपछि प्रहरी र सेनाका अधिकारी घटनास्थल पुगेका थिए ।

विमान खसेको ठाउँमा १५ फिटको ठूलो खाडल बनेको छ । यता भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । रक्षामन्त्री राजनाथ सिंहले एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ