arrow

टी–२० मा दक्षिण अफ्रिकाले हरायो इङ्गल्याण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
england-t20-2022-07-29.jpg

काठमाडौं । दक्षिण अफ्रिकाले इङ्गल्याण्ड विरुद्धको दोस्रो टी–२० क्रिकेट जितेको छ । कार्डिफमा बिहीबार राति भएको खेलमा पाहुना टोली ५८ रनले विजयी भएको हो ।

यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ 

दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्ड १६.४ ओभरमा १ सय ४९ रन बनाएर अलआउट भयो ।

इङ्गल्याण्डका लागि जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा मोइन अलीले २८ रन बनाए ।

भ्रमणकारी टोलीका लागि ताब्रेज साम्सी र एन्डीलेले समान ३र–३ विकेट लिए । लुङ्गी एनजिडीले २ तथा कागिसो राबडा र केशबव महाराजले समान १र–१ विकेट लिए ।

दक्षिण अफ्रिकी इनिङ्स
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

राइली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतक बनाए । रुसोले अविजित रहँदै ९६ तथा हेन्ड्रिक्सले ५३ रन बनाए । 

घरेलु टोलीका लागि रिचार्ड ग्लिसन, मोइन अली र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ