- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्तको नाम धेरै अभिन्त्रीहरुसँग जोडिने गरेको छ । सञ्जयले आफ्नो अभिनयको बलमा बलिउडमा छुट्टै पहिचान बनाएका छन् । विशेष गरी उनको जीवनमा ३०८ प्रेमिका रहेको बताइन्छ । उनको तीन विवाहसम्म भए । सञ्जयले सो समयका अभिनेत्री टीना मुनीम, रेखा, ऋचा शर्मा, माधुरी दीक्षित, लीजा रे, रिया पिल्लई, नादिया दुर्रानी र मान्यतासँग प्रेम गरे ।
२९ जुलाई १९५९ मा जन्मिएका सञ्जय आज आफ्नो ६३ औँ जन्मदिन मनाइरहेका छन् । सुनील दत्त र नर्गिस दत्तका छोरा सञ्जय दत्तले सन् १९८१ मा रकीबाट बलिउडमा डेब्यु गरेका थिए । आफ्नो करियरमा अहिलेसम्म धेरै ठूला फिल्मको हिस्सा बनेका सञ्जयको व्यक्तिगत जीवन पनि चर्चामा छ ।
जब सञ्जय दत्त नादियासँग डेट गरिरहेका थिए, त्यही समयमा मान्यतासँग उनको भेट भयो । मान्यतालाई दिलनवाज शेख भनेर पनि चिनिन्थ्यो। संजयलाई मान्यताको सरलता मन पर्न थाल्यो । सञ्जय र मनयताले ७ फेब्रुअरी २००८ मा बिहे गरेका थिए ।
धेरै केटीहरू सञ्जय दत्तको जीवनमा आए। मान्यतासँग विवाह गर्नु अघि सञ्जयले दुई पटक विवाह गरेका थिए। जे भए पनि उनको जीवनमा कति केटीहरू आए र गए त्यसको हिसाब किताब छैन । तर सञ्जयलाई सबैभन्दा बढी आवश्यकता परेको समयमा मान्यताले उनलाई साथ दिइन्। जब सञ्जय आफ्नो जीवनमा एक्लै थिए मान्यता सधैँ उनीसँगै थिइन्। यी दुईको प्रेम कहानी एक फिल्म को कारण सुरु भयो।
मान्यताको जन्म मुस्लिम परिवारमा भएको थियो । पहिला मान्यताको नाम दिलनवाज शेख थियो । उनले बलिउडमा आएपछि सारा खान राखेकी थिइन् । फिल्म उद्योगमा यही नामबाट उनलाई पहिचान मिलेको थियो । प्रकाश झाको फिल्ममा आइटम नम्बरको काम गरेपछि उनले आफ्नो नाम मान्यता राखेकी थिइन् ।
मान्यता अहिले सञ्जय दत्त प्रोडक्शनकी सिइओ हुन् । अहिले उनी सञ्जय दत्तको सबै काम सम्हालिरहेकी छिन् । उनले गंगाजल फिल्ममा आइटम डान्स गरेकी थिइन् । मान्यताका पिता दुबईमा व्यवसायी थिए । उनको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी आएपछि उनले आफ्नो फिल्मी करियर छाडेकी थिइन् ।
मान्यताको एक तेस्रो दर्जाको फिल्मलाई सञ्जय दत्तले २० लाख भारुमा खरिद गरेका थिए । उक्त बैठकमा पहिलो पटक सञ्जय दत्त र मान्यताको भेट भएको थियो । यो बैठक पछि, ती दुवैले फोनमा कुरा गर्न थाले र मान्यता सीधा सञ्जयलाई भेट्न थालिन्। दुवै घण्टौँ फोनमा कुरा गर्थे। मान्यता त्यसपछि बेलाबेलामा सञ्जय दत्तको घरमा गइरहने गर्थिन् । त्यति बेला सञ्जय अर्की केटीसँग प्रेम सम्बन्धमा थिए । तर, पछि उनले मान्यतालाई साथ दिने निर्णय गरेका थिए ।
मान्यतासँगको भेटमा सञ्जय जुनियर कलाकार नादिया दुरानीसँग डेट गर्दै थिए। एकातिर नाडिया सञ्जय दत्तको क्रेडिट कार्डको साथ किनमेल गर्दै थिइन् भने अर्कोतर्फ मान्यताले बिन माग सबै काम गरिरहेकी थिइन्। यसले मान्यताको प्रति सञ्जयको झुकाव बनायो।
सन् २००८ मा उनले मान्यतासँग विवाह गरेका थिए । त्यति बेला मान्यता २९ वर्षकी थिइन् । तर, सञ्जय दत्त ५० वर्षका थिए । दुवैको विवाहको लागि सञ्जयको परिवारले विरोध गरेका थिए । मान्यता सञ्जय दत्तकी छोरी त्रिशालभन्दा केही वर्ष मात्र जेठी थिइन् । सन् २०१० म मान्यताले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।