arrow

नयाँदिल्लीमा राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
shankar-sharma-binay-mohan-qatra.jpg

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । 

‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ