arrow

अमेरिकी सहायक विदेशमन्त्री लूले भेटे परराष्ट्रमन्त्री खड्कालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
narayan-khadka-donald-lu.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटवार्ता गरेका छन् । 

मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।  

बिहीबार साँझ नेपाल आएका सहायक विदेशमन्त्री लूले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका थिए । यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सहायक विदेशमन्त्री लूले शुक्रबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दैछन् । उनी शनिबार फर्कने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ