- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेष्ट इन्डिजलाई ६८ रनले हराएको छ । शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।
शम्राह ब्रुक्सले २० रन, केमो पाउलले १९ रन, निकोलस पुरण १८ रन र केली मेयर्सले १५ रनको योगदान गरे । भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रनको योगफल तयार पार्यो ।
भारतका कप्तान रोहित शर्माले ४४ बलमा ६४ रन, प्लेयर अफ द म्याच दिनेश कार्तिकले १९ बलमा ४१ रन, सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ र ऋषव पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।
यससँगै भारतले शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल सोमबार हुनेछ ।