arrow

स्प्राइटले एकसठ्ठी वर्षपछि रङ्ग फेर्यो, अब हरियो बोतल बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
sprite-bottle-green.jpg

काठमाडौं । अमेरिकी कम्पनी कोकाकोलाले ६१ वर्षपछि पहिलो पटक स्प्राइटको रङ्ग फेर्ने भएको छ । हरियो बोतलमा आउने स्प्राइटको बोतल अब सेतो रङ्गमा आउने भएको हो । 

सन् १९६१ मा पहिलो पटक अमेरिकाबाट उत्पादन शुरु भएको स्प्राइट आगामी सोमबार १ अगस्तदेखि सेतो रङ्गमा बेचिने भएको छ । गत २७ जुलाइमा जारी गरेको एक बयानमा कोकाकोलाले उक्त घोषणा गरेको हो । 

कम्पनीले पर्यावरणप्रति जिम्मेदार बन्ने प्रयास स्वरुप हरियो रङ्गको प्रयोग नगर्ने जनाएको हो । अब स्प्राइटमात्र नभइ कोकाकोलाका कुनै पनि उत्पादनमा सफा सेतो रङ्गकै मात्र प्रयोगमा आउने भएको छ । 

कोकाकोलाले यसको शुरुआत उत्तरी अमेरिकादेखि गर्ने पनि जनाएको छ । विस्तारै विश्वभर यो कदम चालिने पनि उसले बयान दिएको छ । 

सन् २०१९ देखि नै यो अभियान थालिएको हो । त्यतिबेलादेखि फिलिपिन्सले यो अभियान थालेको हो । 

कुनै पनि रङ्गको बोतल एक पटक प्रयोग गर्नका लागि मात्र हुने दाबी गरिएको छ । दोस्रो पटक यसको प्रयोग हानिकारक हुन्छ । 

सन् २०२० मा आएको पर्यावरण फर्म ‘ब्रेक फ्री फ्रम प्लाष्टिकको रिपोर्टअनुसार कोकाकोला विश्वकै सबैभन्दा बढी प्लाष्टिक प्रदूषण फैलाउने ब्राण्ड घोषित भएको थियो । 

स्प्राइट विश्वकै तेस्रो सबैभन्दा बढी बिक्री हुने पेय पदार्थ हो । त्यस्तै कोकपछि कोकाकोलाको दोस्रो सबैभन्दा बढी बिक्री हुने सफ्ट ड्रिंक पनि हो । 

यसले सन् २०३० सम्म विश्वबाट सबै हरिया बोतल विस्थापित गर्ने दाबीसमेत गरेको छ । (एजेन्सीको सहयोगमा)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ