arrow
ADVERTISEMENT

आईएसको धम्कीपूर्ण पत्र, सर्त नमाने ३१ सय बढीको ज्यान लिने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
letter-isis-india-.jpg

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको अनवा गाउँमा आतंकवादी संगठन आईएसआईएसले धम्कीपूर्ण भाषामा पत्र पठाएको छ । एउटा रातो कपडामा बेरेर पठाइएको चार वटा पत्रमा गाउँका चार परिवारका पाँच जनाको नाम लेखिएको छ । 

त्यसबाहेक गाउँका तीन हजार १६९ मानिसलाई सरिन ग्यासबाट मार्ने धम्की दिइएको छ । यो पत्र आएको एक हप्ता भइसकेको छ । अझै पनि ती गाउँका मानिसहरु घरबाट बाहिर निस्केका छैनन् । 

३–४ जनाले त खानपीनसमेत बन्द गरिदिएका छन् । जुन घरको गेटमा रातो कपडा राखिएको चार पत्र भेटियो त्यहाँ चार जना पुलिस तैनाथ गरिएको छ । दैनिक भास्करले लेखेको छ, ‘हामीले त्यो गाउँ गएर मानिसहरुसँग कुराकानी गर्यौं जसलाई धम्की दिइएको थियो र ती पत्रलाई डिकोड गर्ने कोसिससमेत गरेका छौं ।’

रातो कपडामा अरबी भाषामा लेखिएको छ । उक्त कपडामा ला इलाहा इलल्लाह, आईएसआईएस लेखिएको छ । गाउँका कुलदीप सिंह २२ जुलाई बिहान ७ बजे खेतमा धानमा पानी लगाएर फर्केसँगै गेटमा गिफ्टप्याक गर्ने कागजमा केही बेरेको देखे । खोलेर हेर्दा रातो कपडा थियो र त्यसमा अरबी भाषामा केही लेखिएको थियो । उनले केही बुझेनन् र खेतको खाली जग्गामा फ्याँकेर आए । 

गाउँका केही मानिसको दृष्टि उक्त प्याकेटमा पर्यो । त्यसलाई खोलेर हेर्दा चार वटा खाम थिए । त्यसभित्र चिठ्ठी लेखिएको थियो । जसमा अंग्रेजीमा लेखिएको थियो । अनि तल उर्दूमा २ लाइन लेखिएको थियो । 

गाउँमा कसैलाई अंग्रेजी आउँदैनथियो । जसलाई अलिअलि आउँथ्यो उसले हेरेपछि थाहा भयो कि मार्ने धम्की दिइएको छ । त्यसपछि गाउँका मानिसहरुले प्रहरीलाई जानकारी दिए । 

खाममा कुलदीप सिंह, भानुप्रपात सिंह, वीरपाल सिंह र ६० वर्षीया विधवा गीता शर्माको नाम लेखिएको थियो । गीता शर्माको पत्रमा उनका १२ वर्षे नाति भरत शर्माको नाम पनि थियो । भरत चार महिनाका हुँदा नै उनका बाबुको हत्या भएको थियो । उनी पछिल्लो आठ वर्षदेखि आफ्नी आमासँग गाउँमै बसेर पढिरहेका थिए । 

पत्रमा लेखिएको थियो, ‘तिमीहरु सोचिरहेका हौला कि तिमीहरुसँग के भइरहेको छ । मैले तिमीहरुलाई जुनसुकै बेला मार्न सक्छु । तिमीहरुको परिवार वा गाउँका कोही एक विदेशमा रहेका छन् । उनीसँग भारतीय खुफिया एजेन्सी रअ या इन्टेलिजेन्स ब्यूरोले दिएको पेनड्राइभ र नक्सा छ । त्यो कुनै पनि हालतमा हामीलाई चाहिएको छ । नत्र गाउँका कोही पनि ज्यूँदो रहने छैन ।’

पत्रमा लेखिएको छ, ‘त्यो नक्सा र पेनड्राइभ २० अगस्तमा भारत ल्याएर गृहमन्त्री अमित शाहलाई दिने योजना रहेको छ । जसले अधिकारीहरुसँग बसेर योजना बनाएको थियो उसलाई हामीले किनिसकेका छौं । उसले भुलिरहेको छ कि भारतमा मन्त्री, अधिकारीहरुदेखि न्यायाधीशसम्म बिक्रीका लागि तयार बसिरहेका छन् । र पनि त्यो कुनै हालतमा अमित शाहसम्म पुग्ने कोसिस गर्नेछ । यदि यस्तो भयो भने म कसम खाएर भन्छु कि गाउँका एक जना पनि ज्यूँदो रहने छैनन् । त्यो व्यक्ति र भारत सरकार यहाँसम्मकि अमित शाह या योगी आदित्यनाथले पनि बचाउन सक्ने छैनन् । सरिन ग्यास गाउँमा राखिसकिएको छ । मेरा एजेन्ट गाउँका एक एक व्यक्तिमाथि नजर राखिरहेका छन् । तिमीहरुसँग १० अगस्तसम्मको समय छ । तबसम्म चाहन्छौ भने रोक । खामको माथि लपेटिएको रातो कपडा मृत्युको सन्देश हो ।’

यो खवरपछि कुलदीपका भाइ छिनछिनमा बेहोस हुँदै आएका छन् । उनले पहिलो पटक पेनड्राइभको नाम सुनेकोसमेत बताएका छन् । 

उनीहरु सरिन ग्यासका बारेमासमेत जान्दैनन् । त्यो त्यस्तो रासायनिक हतियार हो जसको असर १५ मिनेटमै देखिन्छ । अमेरिकी पूर्व विदेश मन्त्री जोन केरीले बताए अनुसार सन् २०१३ को २१ अगस्तमा सिरियाको दश्मिकमा सरिन ग्यासको उपयोग भएको थियो । जहाँ एकैपटक १४ सय बढीको ज्यान गएको थियो । 

पत्रका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर यो कस्तो पत्र हो भन्ने बारेमा हैरानी बढेको छ । 

पत्रमा यदि उक्त पेन ड्राइभ र नक्सा उनीहरुको एजेन्टलाई दिएमा गाउँका सबैको ज्यान त बच्ने नै छ २४ घण्टाभित्र उनीहरुको घरमा दुई करोड भारु पनि पुर्याइने उल्लेख गरिएको छ । उक्त व्यक्तिलाई विश्वको कुनै पनि देशमा उच्च स्तरको जागिर दिलाउने आश्वासनसमेत दिइएको छ । 

पत्रमा यो जानकारी प्रहरी या कुनै सुरक्षा एजेन्सीलाई दिए ठीक नहुने पनि लेखिएको छ ।(भास्करबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ