arrow

सलमानको ज्यानलाई खतरा : गाडी बनाए बुलेट प्रुफ, हतियारका लागि दिए निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
salman-khan1.jpg

काठमाडौं ।  ज्यानलाई खतरा भएपछि बलिउड अभिनेता सलमान खान बुलेट प्रुफ गाडीमा हिँड्ने भएका छन् । एक आपराधिक समूहले सलमान खानको ज्यान लिने धम्की दिँदै आएको छ ।

धम्कीको पत्र पाएपछि सलमान आफ्नो सुरक्षालाई लिएर निकै चिन्तित छन् । अभिनेताले आफ्नो कारलाई अपग्रेड गरेका छन्। हालै उनले मुम्बईका प्रहरी कार्यालयमा हतियार लाइसेन्सको लागि निवेदन पनि दिएका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान अब बुलेट प्रुफ ल्यान्ड क्रुजरमा यात्रा गर्नेछन् । यसमा उनले आफ्नो कारमा आर्मर जडान गरेका छन् । योसँगै उनले आफ्नो कारका सबै सिसा बुलेट प्रुफ बनाए छन् । 

यसअघि पञ्जाबी गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो । सो घटनापछि बलिउडमा धम्की दिन सुरु भएको बताइन्छ । हालै मूसेवाला हत्याकाण्डपछि धेरै सेलिब्रेटीलाई ज्यान मार्ने धम्की आएको छ । 

मूसेवालाको हत्या भएको केही दिनपछि बलिउड अभिनेता सलमान खानलाई धम्कीपूर्ण पत्र आएको थियो । यो चिठी उनका बुबा सलिम खानले मर्निङ वाकको क्रममा पाएका थिए । 

घटनाको पछाडि लरेन्स बिश्नोई गिरोहको नाम खुल्यो । कालो हरिण प्रकरणका कारण लरेन्सले सलमानलाई मार्ने धम्की दिएको थियो ।



नयाँ