arrow
ADVERTISEMENT

पृथ्वीमा खस्यो चिनियाँ रकेटको भग्नावशेष 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
rocket-china-2022.jpg

काठमाडौं । चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए । 

अन्तरिक्ष विज्ञहरूले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना निकै कम रहेको बताएका थिए । प्रशान्त महासागरमा रहेको सुलु सागरलाई पुनः प्रवेश गर्ने स्थानको रूपमा पहिचान गरेका थिए । 

रकेटको कोर स्टेजको अनियन्त्रित फिर्तीले अन्तरिक्ष फोहरको  जिम्मेवारीको बारेमा सर्वत्र प्रश्न खडा गरेको छ ।

एक ट्वीटमा अमेरिकी अन्तरिक्ष कमाण्डले लङ मार्च ५ हिन्द महासागरमा पुनः प्रवेश गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ