arrow

कसरतमा सरकार

अर्थमन्त्री आजै ल्याउने अन्तिम तयारी, भोलि चुनावको घोषणा

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ वा ६ को सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । सरकारले रिक्त रहेको अर्थमन्त्री आजै ल्याउने कसरत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै अर्थमन्त्री ल्याउनेबारेमा सहमति भएको हो । 

माओवादी केन्द्रको भागमा रहेको अर्थमन्त्रालयको जिम्मेवारी फेरि पनि जनार्दन शर्मालाई नै दिने सम्भावना बढी रहेको बुझिएको छ । अर्थमन्त्री चुन्नका लागि माओवादी केन्द्रको बैठक दिउँसो ३ बजे बस्दैछ । 

करका दर हेरफेरमा विचौलियाको प्रयोग गरेको आरोप लागेपछि आरोप खेप्न नसकेका शर्माले राजीनामा दिएका थिए । त्यसपछि संसदीय छानबिन विशेष समिति बनेको थियो । उक्त समितिले शीशीटीभी फुटेजनसमेत फेला पार्नमात्र सकेन कि नेकपा एमालेलेसमेत पनि शर्मालाई बचाउने नीति लिएपछि उनी उन्मुक्त भएका थिए । 

अहिले आएर शर्माले आफूलाई कम्तीमा एक दिनका लागि भए पनि अर्थमन्त्रालयको जिम्मेवारी पुनः दिन आग्रह गरिरहेको स्रोत बताउँछ । प्रधानमन्त्री शेरबहादुर देउवा भने जो आए पनि फरक नपर्ने बताइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

माओवादीभित्र अझै पनि शर्मा एक नम्बरमै छन् । शर्मापछि शक्ति बस्नेतको नाम दोस्रो नम्बरमा रहेको बताइन्छ । त्यस्तै वर्षमान पुनसमेत कुरेर बसिरहेको बताइन्छ । पुन पाए पार्टीकाे महासचिव  खान पाए अर्थ मन्त्री छाड्ने पक्षमा छन् । 

आजै अर्थमन्त्री तोकेर शपथ दिलाउने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ । यसपछि सरकारले सम्भवतः भोलि सोमबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्नेछ । 

स्रोतका अनुसार आगामी मंसिर ४ वा ६ गते चुनावको मिति तोकिने छ । निर्वाचन आयोगले समेत मंसिर ४ को समय उत्तम हुने भनी सरकारलाई सुझाव दिइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ