- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ ।
यसअघि माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा बजेट निर्माणको समय अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि राजीनामा दिएका थिए । यद्धपी जनार्दनलाई संसदीय छानबिन विशेष समितिले चोख्याउने काम गरिसकेको छ ।
विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएपछि पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिने वा अरू कुनै नेतालाई पठाउने भन्ने बारेमा छलफल हुने भएको छ ।
साथै बैठकमा स्थायी समिति र पोलिटब्यूरोलाई पूर्णता दिने केन्द्रले जनाएको छ ।