arrow

भारतले हरायो पाकिस्तानलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
india-pakistan-cricket-2022-women.jpg

काठमाडौं । भारतीय महिला क्रिकेट टिमले पाकिस्तानी महिला क्रिकेट टिमलाई पराजित गरेको छ । इङ्गल्याण्डमा जारी कमनवेल्थ गेम्स महिला क्रिकेटमा भारतले पाकिस्तानलाई सहजै हराएको हो । 

बर्मिङघममा भएको समूह ए को खेलमा भारत ८ विकेटले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित १८ ओभरमा झारिएको खेलमा ९९ रनमा अलआउट भयो । 

ओपनर मुनिबा अलीले सर्वाधिक ३२ रन बनाएको इनिङ्समा स्नेह राना र राधा यादवले २–२ विकेट लिए । 

जवाफमा भारतले ११.४ ओभरमै २ विकेट गुमाएर जित हासिल गर्यो । स्मृति मन्धनाले ४२ बलमा अविजित रहँदै ६३ रनको योगदान दिइन् । 

यो जितसँगै भारतले जितको खाता खोलेको छ । पहिलो खेलमा भारत पराजित भएको थियो । भारत दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको अष्ट्रेलियाको दुई खेलमा चार अंक छ । 


 



नयाँ