arrow

बर्खाको झरीले असर पुर्याएको यस्तो हुनेछ समग्रमा मनसुने सप्ताह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साप्ताहिक फल: (साउन १६ गते सोमबारदेखि साउन २२ गते आइतबारसम्म, नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

साप्ताहिक राशिफल :

मेष : तपाईंका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । सत्यतालाई आत्मसाथ गरेर अघि बढ्ने देखिन्छ । शेयर कारोबारमा लाभ रहेको छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । खर्च बढ्ने देखिन्छ ।मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । यो सातामा अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : यो हप्ता तपाईंको मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । आज आइतबार र भोलि सोमबार जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । भोलि शुक्रबार र आगामी बुधबारको समय शुभ रहनेछ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । मनमा अलि चिन्ता बढ्ने देखिन्छ । शृङ्गारिक सामाग्रीमा खर्च बढ्ने देखिन्छ । शुभ कार्यमा मन लाग्ने सुखी, दीर्घायु बढाउने देखिन्छ । फलाम तेल, खनिज सम्बन्धी कार्यबाट लाभ हुने देखिन्छ । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : यो हप्ता तपाईंका लागि सोमबार पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि खटपट बढ्ने देखिन्छ । अलि अरूको आलोचना गर्नेमा समय बित्ने देखिन्छ ।। अफ्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र बिहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । मथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : तपाईंको यो हप्ता एक्कासी आमदानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जलखेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मंगलबार र बुधबारको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला । व्यापारमा नोक्सान बेहोर्नु पर्ने देखिन्छ । राज्यपक्ष्यबाट लाभ आउनेछ । विद्यार्थी वर्गमा अध्ययनमा अवरोध हुनेछ देखिन्छ । शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्नेछ । अन्य दिनको तुलनामा बुधबार र बिहीबार भने तपाईका लागि समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरु आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिँदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ने, व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : तपाईंलाई यो हप्ता स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ यो हप्ता सफल हुनेछन् । पूर्व, पूर्व दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । सोम, मंगल, बिहीबार विशेष खराब छन् जे काम गर्नु छ आज आइतबार, बुधबार र शुक्रबार पारेर शुरु गर्नुहोला । यो हप्ता शैक्षिक क्षेत्रमा गरेको लगानीले उच्च लाभ मिल्नेछ । अर्काको कार्यमा समय खर्च गर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । आफन्त सित सम्बन्धमा चिसोपना आउने देखिन्छ भने बाहिरी मान्छेसित मित्रता बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्ने देखिन्छ । अर्काको सम्पत्ति हरण गर्नेमा मन लाग्न सक्नेछ । दाजुभाइ बिचमा सम्बन्धमा चिसो पन आउने देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । संह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : तपाईंका लागि यो हप्ता लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आप्mनो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला । शारीरिक सुख प्राप्त, धर्यशील, बुद्धिमान तर बाथको समस्याले सताउने देखिन्छ । अर्काको निन्दा गर्नेमा बढी समय खेर जानेछ । सबै मान्छेको पूज्य हुनेछन् । आर्थिकपक्ष्यबाट लाभ हुनुका साथै सत्य कुरामा मन लाग्नेछ । सत्य कुरा बोल्नेका साथै मनमा अलि जिद्दीपन बढ्ने देखिन्छ । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्न सक्नेछ । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबढी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिँदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : तपाईंको यो हप्ता आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । खानपिनमा सतर्क आवश्यक, आज आइतबारदेखि कसैसँग पैसा फिर्ता लिनुछ, भने माग्न गएमा पाइने छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति मिल्नेछ । धनप्राप्त हुनुका साथै विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुने दिखिन्छ । आफन्तसित मनमुटाब बढेता पनि बाहिरी मान्छेसित मित्रता बढ्ने देखिन्छ । शारीरिक सुखमा कमी देखिन्छ । अर्काको धनमा मन लाग्ने देखिन्छ । राज्यपक्ष्यबाट मानसम्मान पाउने देखिन्छ । बिहीबार र शुक्रबार दुई दिन तपाइँका लागि त्यति साम्रो समय देखिँदैन । काममा व्यवधान आउँदा, मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबढी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : तपाईंका यो हप्ता आफन्तसंग मनमुटाव बढ्नेछ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्तापर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको सिकार हुनसक्ने, मन परेको खानामा पनि गडबढी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि खटपट बढ्ने देखिन्छ । धर्मकर्म तिर लागे पनि धर्मप्रति द्रोह गर्ने देखिन्छ । राज्यपक्ष्यबाट लाभ प्राप्त हुनुका साथै सम्मान पाउने देखिन्छ । वैदेशिक यात्राको पनि योग देखिन्छ । घर जग्गाको कारेबार गर्दा राम्रै हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै हुनेछ । उपहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : तपाईंलाई यो हप्ता आफन्त व्यक्तिसँग विवाद तथा झगडाको संभावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्नबाधा देखापर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला । सन्तान सित मनमुटाब बढ्ने देखिन्छ । मनमा साहस बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा अलि चिसोपन बढ्ने देखिन्छ । दाम्पत्य जीवनमा परिवारमा अलि रोगी पन देखा पर्नेछ । विरोधी पक्ष्यहरु परास्त भएर जानेछन् । बोल्दा खेरी सावधानी अपनाउनु पर्ने देखिन्छ । अध्ययनमा अवरोध हुनेछ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहनेछन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : तपाईंका लागि यो हप्ता आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला । व्यापारमा नोक्सान बेहोर्नु पर्ने देखिन्छ । सन्तान टाढिन सक्नेछन्, अलि मनमुटाब बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा सामान्य रहेको छ । व्यापारमा अलि नोक्सान हुनेछ । बाबुको स्वास्थ्यमा बिग्रने अवस्था रहेको छ । राज्यपक्ष्यबाट खर्च बढ्ने देखिन्छ । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योगछ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो हुनेछ । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : तपाईंका लागि यो हप्ता धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ । आफन्तसंग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला । प्रेम तथा दाम्पत्य जीवनमा अलि खटपट बढ्ने देखिन्छ । सर्पदेखी सजग रहनु होला । शरीरमा विभिन्न किसिमका रोगले आक्रमण गर्न सक्नेछन् । गुरु भक्तिमा मन लाग्ने देखिन्छ । दाजुभाइ बिचमा सुखमा कमी रहने छ । मावलीपक्ष्यबाट नोक्सान बेहोर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । तीर्थब्रतमा समय जानेछ । खर्च बढेर जानेछ ।पठनपाठनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : तपाईंलाई यो हप्ता व्यर्थ मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा यो हप्ता कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । बुधबार जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ । धन अलि अस्थिर हुन्छ । सन्तानबाट अलि वैरभाव बढ्ने छ । सुखीका साथै मनमा दयालु पन बढ्ने देखिन्छ । सबैको मान्य गुणवानका साथै सुख प्राप्त हुनेछ । घरजग्गाको सुखमा कमी हुनेछ भने मित्रजनवाट रिसराग बढ्ने देखिन्छ । नयाँ धन आर्जनका बाटाहरू देखा पर्नेछन् । मनमा कामवासना बढ्ने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । नयाँ नयाँ आर्थिकका श्रोतहरू देखा पर्नेछन् । धार्मिक शास्त्रतिर रुची बढ्ने देखिन्छ । अरूलाई धनदिँदा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ