arrow
ADVERTISEMENT

भारतीय कम्युनिस्ट पार्टीकाे बैठक दिल्लीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
cpm-meeting.jpg

काठमाडौं। कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीएम) को दुई दिने केन्द्रीय समिति बैठक आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा बस्दैछ। असंवैधानिक टिप्पणी गरेको भन्दै साजी चेरियनले मन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

 बैठकमा उनको राजीनामाबारे छलफल हुनसक्ने ठानिएको छ । यस्तै बैठकमा केरला रेलको वर्तमान अवस्थाबारे पनि छलफल हुने भएको छ। केन्द्र सरकारले संसदमा चालेका कदमका बारेमा पनि छलफल हुने भएको छ ।

सीपीएम पोलिटब्युरोले सांसदहरूलाई निलम्बन गर्ने कार्य स्वीकार नगर्ने बताएको थियो। सीपीएम सांसद एए रहीम र वी शिवदासन पनि कारबाहीको सामना गर्ने विपक्षी सदस्यहरूमध्ये हुनेछन्।

पोलिटब्युरोले यसअघि नै स्वतन्त्रता दिवससँग सम्बन्धित कार्यक्रम तय गरिसकेको छ । केन्द्रीय समितिमा यो कार्यक्रमबारे छलफल र अनुमोदन हुने पनि बताइएको छ। 

तर, बैठकमा केरलाका मुख्यमन्त्री पिनाराई विजयन र राज्य सचिव कोडिएरी बालकृष्णन भने सहभागी नहुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ