arrow
ADVERTISEMENT

पिकअपमा करेन्ट प्रवाह भएर कम्तीमा १० जनाको मृत्यु, १६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
electricity-killed.jpg

काठमाडौं । भारतस्थित पश्चिम बंगालको कुच बिहारमा विद्युतीय दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । पिकअपमा करेन्ट लागेसँगै उनीहरुको मृत्यु भएको हो । घटनामा परी १६ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । 

उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । २७ जना पिकअपमा बसेर मन्दिरमा जल चढाउन जाँदै थिए । तर अचानक विद्युतीय दुर्घटनामा परी ठूलो दुर्घटना भएको हो । 

जेनेरेटरको तारमा सर्ट सर्किट भएर पिकअपमा करेन्ट प्रवाह भएको बताइएको छ । दुर्घटनाको कारणका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भारतमा लापर्वाहीका कारण हरेक वर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ