arrow

अमेरिका-चीन टकराव: सभामुख पेलोसीले ताइवान भ्रमण गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
nancy-pelosi.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले आफ्नो एसिया भ्रमणको एक हिस्साको रूपमा ताइवान भ्रमण गर्ने बताइएको छ । ताइवान सरकारका एक वरिष्ठ अधिकारी र एक अमेरिकी अधिकारीलाई उदृत गर्दै सीएनएनले यस्तो जनाएको हो ।

चीनले यो उच्च स्तरीय ताइवान भ्रमणलाई लिएर प्रतिक्रिया दिनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका अधिकारीहरूको चेतावनीका बावजुद सभामुख पेलोसीले ताइवान भ्रमण गर्ने अपेक्षा गरिएको ती अधिकारीले बताएका हुन् ।

यो करिब २५ वर्षमा पहिलो पटक अमेरिकी सभामुखको ताइवान भ्रमण हुनेछ, यद्यपि, पेलोसीको कार्यालयले जारी गरेको विज्ञप्तिमा ताइवानको भ्रमण उल्लेख गरिएको छैन, न त कुनै पक्षले औपचारिक पुष्टि नै गरेको छ ।

अमेरिकी सभामुख एसिया भ्रमणमा, ताइवान जानेमा शंका, चिनियाँ चेतावनी

ताइवानी अधिकारीले पेलोसी लगभग रातभर ताइवानमा बस्ने अपेक्षा गरिएको बताएका छन् । तर, सभामुख पेलोसी ताइपेई (ताइवानको राजधनी) मा कहिले अवतरण हुन्छिन् भन्ने कुरा खुलाइएको छैन ।

अमेरिकी अधिकारीले रक्षा विभागका अधिकारीहरूले यो क्षेत्रमा कुनै पनि चिनियाँ गतिविधिहरूको निगरानी गर्न र पेलोसीलाई सुरक्षित राख्न योजना बनाउन चौबीसै घण्टा काम गरिरहेको बताएका छन् ।

चीनले ताइवानलाई आफ्नो एक हिस्सा मान्दै आएको छ र अमेरिकालाई एक चीन नीतिमा कटिबद्ध रहन भन्दै आएको छ । तर अमेरिकाले ताइवानको रक्षा गर्ने कानुनी बाध्यता बोकेको छ ।

पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध निकै नै कमजोर स्थितीमा पुगेका बेला यो घटनाक्रम भइरहेको हो । चिनियाँ अधिकारीहरुले सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

अमेरिकी सभामुख ताइवान आए कडा प्रतिक्रिया दिने चिनियाँ चेतावनी

गत हप्ताको बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीचको फोनवार्तामा सीले ताइवान मामिलामा आगोसँग नखेल्न भन्दै चेतावनी दिएका थिए । चीनले ताइवानका लागि आफू जुनसुकै बाटो समेत रोज्न सक्ने चेतावनी दिँदै आएको छ ।

यस्तो अवस्थामा पेलोसीको ताइवान भ्रमण सुरक्षा, कुटनीति र खासगरी अमेरिकाचीन सम्बन्धमा विशेष किसिमले हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ