arrow
ADVERTISEMENT

भारतमा मङ्कीपक्सबाट एक युवकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Monkeypox.jpg

काठमाडौं । भारतमा मङ्कीपक्स संक्रमणबाट एक युवकको मृत्यु भएको छ । दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको हो । 

हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरला स्वास्थ्यमन्त्री वीणा जर्जबाट पुष्टि भएको हो । 

मङ्कीपक्स सङ्क्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ । 

केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत महिना मङकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ