arrow

अर्थमन्त्रीको राजीनामा माग गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
janardan-jis.PNG

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै बानेश्वरको संसद भवन अगाडि सोमबार प्रदर्शन भएको छ । अर्थमन्त्री राजीनामा दे भन्दै संसद् भवन अगाडि प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनीहरूलाई विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाएका थिए । 

नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका यूथ कांग्रेस आबद्ध युवाहरूलाई प्रहरीले संसद् भवनको १ नम्बर गेट अगाडि पुग्ने बित्तिकै नियन्त्रणमा परे ।  प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । 

बजेट निर्माणको समय अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराइ करको दायरा हेरफेर गरेको आरोप लागिपछि शर्माले राजीनामा दिएका थिए । सो विषयमा छानबिन गर्न समिति गठन गरिएको थियो । उक्त समितिले जनार्दन शर्मालाई सफाइ दिएसँगै उनी पुनः अर्थ मन्त्रालय फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ